शिक्षामन्त्री श्रेष्ठ र स्वीटजरल्याण्डका राजदूतबीच शिष्टचार भेटबार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

शिक्षामन्त्री श्रेष्ठ र स्वीटजरल्याण्डका राजदूतबीच शिष्टचार भेटबार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीच शिष्टचार भेटबार्ता भएको छ । भेटमा मन्त्री श्रेष्ठले नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासको क्षेत्रमा स्वीस सरकारले गरेको योग्दान महत्वपूर्ण रहेको बताएका छन ।

राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक र व्यावसायीक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने बताइन् । त्यही क्रममा मन्त्री श्रेष्ठले नयाँ शिक्षा योजना विकासको क्रममा रहेको बताए ।

आगामी दिनमा शिक्षा, विज्ञान तथा प्रविधि एवम् प्राविधिक शिक्षा र तालिमका विषयमा थप सहयोग तथा अभिवृद्धि गर्ने भन्ने बारेमा सरकारको स्वीस सरकारसंग जिज्ञास लिन चाहिरहेको उनले बताए ।

स्वीस सरकारको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम दिने संस्था टिआइटिआइको स्थापना जस्ता कार्यमा सहयोग गर्दे आएको छ ।

त्यस्तै स्वीस सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक वन, यातायात र कृषिका क्षेत्रमा स्वीस सहयोग गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);