आज राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

आज राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदै

sikshya diwas

काठमाडौं, २३ भदौ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज देशभर विभिन्न कार्यक्रम गरि मनाईदैछ । शिक्षा मन्त्रालयको आयोजनामा हुने दिवसको यस वर्षको नारा ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार’ भन्ने रहेको छ ।

युनेस्कोको आव्हानमा सन १९६५ देखि हरेक वर्ष ८ सेप्टेम्बरका विश्वभर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । नेपालमा ३ लाखबढी अझै पुर्ण निरक्षर रहेको अनुमान गरिन्छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहंदा पछिल्लो जनगणना अनुसार नेपालको साक्षरता ६४ प्रतिशत मात्र रहेको छ । अहिले भने शिक्षा मन्त्रालयले साक्षरता प्रतिशत ८० नाघेको दाबी गरेको छ । पुरुषको साक्षरता ७५ प्रतिशत छ भने महिलाको ५३ प्रतिशत मात्रै रहेको छ ।

२०६५ सालमै सरकारले दुई वर्ष भित्र नेपाललाई पुर्ण साक्षर बनाउने भनी घोषणा गरे पनि १० वर्ष वितिसक्दा नेपाल अझै पुर्ण साक्षर हुन सकेको छैन । तर साक्षरताकै नाममा भने सरकारले ७ अर्ब रुपैंया भन्दा बढी खर्च गरिसकेको छ । साक्षरताको कुरा गर्दै नेपालको सात प्रदेश मध्ये प्रदेश दुई सबैभन्दा पछाडि छ भने प्रदेश ३ र १ अगाडि देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);