भारतीय नागरिकमाथि कञ्चनपुरमा गोली प्रहार, दुई जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौँ, २३ भदौ । गएराति कञ्चनपुरको भुजेलामा गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन्। भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह गोली लागेर घाइते भएका हुन्।

 

घाइते दुवै जनालाई राति नै उपचारका लागि भारततर्फ लगिएको छ। चौहानको अवस्था गम्भीर छ। हिजो बिहीबार राति करिब ९ बजेतिर भीमदत्त नगरपालिका ११ भुजेला पुलनजिकै गोली चलेको थियो। महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले बताएको छ।

 

प्रहरीले गोली चलाउने दुईजना नेपालीलाई भाग्दै गरेको अवस्थामा घटनास्थल नजिकैबाट पक्राउ गरेको छ। घटनामा संलग्न कञ्चनपुर भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारी१ थान कटुवा पेस्तोलसहित पक्राउ परेका हुन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);