रौतहटमा गाेली चल्याे, एक जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रौतहटमा गाेली चल्याे, एक जना घाइते

रौतहट, १५ माघ । रौतहटको राजपुर नगरपालिकाको बैरिया टोलमा गोली प्रहारबाट एक जना घाइते भएका छन् । गोली प्रहारबाट बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह घाइते भएको प्रहरीले जनाएको छ ।

उनको कम्मरमुनिको दाहिने भागमा गोली लागेको छ । उनकै साथी अब्दुल खालिदले गोली प्रहार गरेको घाइते सैफुल्लाहले बताएका छन् । जिल्ला अस्पताल गौरमा उनको गोली निकाल्न सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);