गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी नेता पाण्डेको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी नेता पाण्डेको निधन

कपिलवस्तु । गोली प्रहारबाट गम्भीर घाइते भएका  नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्लाका नेता दीपक पाण्डेको उपचारका क्रममा निधन भएको छ।

काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएका पाण्डेको गए राति निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे पाण्डेको अवस्था थप जटिल बनेपछि उनलाई थप उपचार गर्न काठमाडौं हेलिकप्टरबाट ल्याइएको थियो।

नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्लाका नेता दीपक पाण्डे र उनीसँगै रहेका एक जना भारतीय नागरिक  ईयाज अख्तार मुसलमान माथि बुधबार राति कपिलवस्तु नगरपालिका–३ सडवामा गोली प्रहार गरिएको थियो।

पाण्डे पाण्डेमाथि गोली हान्ने दुई जना पक्राउ परेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);