अक्सिजन बैंकलाई आरजु देउवा र बिनय रावलको सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अक्सिजन बैंकलाई आरजु देउवा र बिनय रावलको सहयोग

दीपकलाल श्रेष्ठ

बर्दिया । बर्दियामा अक्सिजनको सहज आपूर्तिका लागि बर्दिया अक्सिजन बैंकमा सहयोग आउने क्रम जारी रहेको छ। सहयोग आउने क्रममा नेपाली कांग्रेसका नेता द्वय डा।आरजु राणा देउवाले बर्दिया अक्सिजन बैंकलाई १ लाख ५० हजार रुपैयाँ र बिनय रावलले १ लाख ५१ हजार सहयोग प्रदान गरेका छन् ।

अक्सिजन बैंकलाई सहयोग गरेकी देउवाले यस अघि पनि धनगढी उपमहानगरपालिकालाई १० लाख नगद सहयोग गरेकी थिइन् भने बिनय रावलले पनि बर्दियाको बिभिन्न स्थानीय निकायमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आइरहेका छन्।

देशमा दोस्रो चरणको कोभिड-१९ का विरामी हरुको संख्या दिनानुदिन बढिरहेको र कोरोना अस्पतालहरुमा अक्सिजनको कमि पनि बढिरहेको थियो।

संक्रमित बढ्ने क्रममा कोरोना अस्पतालमा अक्सिजनको कमि देखिन थालेपछि अक्सिजन नपाएर कोही कोभिड संक्रमितले ज्यान गुमाउन नपरोस् भनी बर्दियाका व्यावसायी, उद्योगी, समाजसेवी र युवाहरु एकजुट भई ‘मेरो लागी अक्सिजनमा मेरो योगदान’ भनि सुरुवात गरिएको बर्दिया अक्सिजन बैंकका सदस्य शुधान्सु शर्माले बताए।

हामीले अक्सिजन बैंकको स्थापना भएदेखि बर्दिया जिल्लामा रहेका कोरोना अस्पतालहरुले माग गरे बमोजिम अक्सिजन सिलिन्डर पुर्याइएको र आज सम्म पनि अक्सिजनको मागलाई सहज गराइरहेको शर्माले बताए।

अक्सिजन बैंकलाई सहयोग आह्वान गरे देखि हालसम्म करिब २५ लाख रुपैयाँ बैंकमा जम्मा भएको र सहयोग आउने क्रम जारी रहेको समेत शर्माले जानकारी दिए । साथै बर्दिया जिल्ला भित्रका बिभिन्न कोरोना अस्पतालले माग गरे बमोजिम अक्सिजन सिलिन्डरका लागि सहजिकरण गरिरहेको र आज सम्म १ सय २० भन्दा बढि अक्सिजन सिलिन्डर कोरोना अस्पतालहरु पुर्याएको समेत शर्माले बताए।

अक्सिजन आपुर्तिमा हामीले सहजिकरण गरे संगै बर्दियाका कोरोना अस्पतालले माग गरि बमोजिम अक्सिजन नपाएर कोहि विरामी तड्पिन नगर्ने बर्दिया अक्सिजन बैकमा सदस्य शुधान्सु शर्माले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले दिएको पछिल्लो जानकारी अनुसार बर्दियामा दोस्रो चरणको कोभिड-१९ का सुरुवात संगै हाल सम्म ८५ जनाको मृत्यु भएको छ भने १६ सय ३५ जना कोरोना संक्रमित निको हुन बाँकी रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);