कोरोना संक्रमितको संख्या १ करोड पुग्नै लाग्दा अक्सिजन दिने मेसिनको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कोरोना संक्रमितको संख्या १ करोड पुग्नै लाग्दा अक्सिजन दिने मेसिनको अभाव

oxygen shortage

एजेन्सी, ११ असार । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्नै लाग्दा अक्सिजन दिने मेसिन अभाव भएको भन्दै सचेत गराएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहानोमले विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्नैलाग्दा अक्सिजन दिने मेसिन अभाव भएको भन्दै सचेत गराउनु भएको हो ।

माग भन्दा आपूर्ती कम भएको कारण धेरै देशमा अक्सिजन दिने मेसिनको अभाव भएको एडहानोमकाले बताउनु भयो । अहिले हरेक हप्ता १० लाख नयाँ संक्रमण पुष्टि भइरहेको अवस्थामा हरेक दिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६ दशमलव २० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।

संक्रमितहरु अचानक वृद्धि भएका कारण अक्सिजन कन्सेन्ट्रेटर अभाव भएको डब्ल्यु एचओले जनाएको छ । डब्ल्यूएचओले हालसम्म १४ हजार अक्सिजन कन्स्नट्रेटर खरिद गरेको छ र आगामी हप्ता १२० देशमा पठाउने तयारी गरिरहेको छ । उक्त मेसिन कोरोना संक्रमित बिरामीलाई सास लिनका लागि आवश्यक पर्छ ।

अहिले विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाख नाघिसकेको छ । डब्ल्यूएचआले ल्याटिन अमेरिकी मुलुकमा अझै कोरोना संक्रमण उच्च विन्दुमा नपुगेको भन्दै आगामी दिनमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्ने सम्भावना पनि औंल्याएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);