भारतको बत्रा अस्पतालमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतको बत्रा अस्पतालमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको बत्रा अस्पतालमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अस्पतालका ग्यास्ट्रोलोजी विभागका अध्यक्षसमेत रहेको बीबीसीले जनाएको छ । अस्पतालले शनिबार बिहान जरुरी सूचना निकालेर जम्मा २ घण्टाको लागि मात्रै अक्सिजन मौज्दात रहेको जनाएको थियो ।

कतैबाट पनि अक्सिजनको जोहो गर्न नसक्दा ८ जनाको ज्यान गएको खबरमा उल्लेख छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले दिल्लीलाई कोटा अनुसारको अक्सिजन नदिएकाले बिरामीको ज्यान गएको भन्दै दुस्ख व्यक्त गरेका छन् ।

केजरीवालले दिल्लीमा ९ सय ७६ टन अक्सिजनको माग रहेकोमा जम्मा ३ सय १२ टन मात्रै उपलब्ध गराइएकाले अक्सिजन अभाव भएको बताएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);