भारतको अस्पतालमा अक्सिजन चुहावट, बेडमा रहेका २२ विरामी मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतको अस्पतालमा अक्सिजन चुहावट, बेडमा रहेका २२ विरामी मारिए

एजेन्सी । भारतको एक अस्पतालमा अक्सिजन चुहावट हुँदा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउने सबैजना कोभिड १९ संक्रमणपछि भर्ना भएकाहरु छन् ।

नासिक सहरको जाकिर हुसैन अस्पतालमा सो घटना भएकोभारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पतालमा ल्याइएको अक्सिजनको ट्याङकरबाट अक्सिजन चुहावट भएको थियो ।

भारतका अस्पतालहरुले अक्सिजनको ठूलो अभाव भोगिरहेका छन् । प्राङगणमा अक्सिजन आइपुग्नासाथ सोही ट्याङकरबाट सोझै विरामीलाई अक्सिजन सप्लाइ गरिएको थियो । सो क्रममा अक्सिजन चुहावट भएको थियो ।

चुहावट भएपछि विरामीलाई अक्सिजन सप्लाई बन्द भएको थियो । करिब आधा घन्टा अक्सिजन सप्लाई बन्द हुँदा कोभिड १९ संक्रमणबाट गम्भीर अवस्थामा रहेका २२ जनाको ज्यान गएको छ । २२ जनालाई नै अक्सिजन दिएर राखिएको थियो ।

अस्पताल प्राङगणमा रहेको ट्याङकरबाट अक्सिजन चुहावट हुनासाथ आगो लागेको थियो ।

ट्याङकरमा रहेको अक्सिजन तरल अवस्थामा थियो । हावाको सम्पर्कमा आउनासाथ जल्न थालेको थियो । शुद्ध अक्सिजन अत्यन्तै ज्वलनशील हुन्छ ।

भारत सरकारले सो घटनाको छानविनको आदेश दिएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);