दक्षिण पुर्वी एसियाली मुलुकमध्ये इन्डोनेसिया सबैभन्दा बढी कोरोनाको मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दक्षिण पुर्वी एसियाली मुलुकमध्ये इन्डोनेसिया सबैभन्दा बढी कोरोनाको मारमा

एजेन्सी । कोरोना महामारीको चपेटामा फसेको इण्डोनेशियामा अक्सिजन अभाव हुन थालेको छ । कोरोनोको डेल्टा भेरिएन्ट तीब्र गतिमा फेैलिएपछि अस्पतालमा बिरामीहरुको चाप बढेसंगै अक्सिजन अभाव हुन थालेको हो ।अक्सिजन अभावकै कारण पछिल्लो २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ ।

अक्सिजन अभाव हुन थालेपछी सरकारले अक्सिजनको उत्पादन बढाउन निर्देशन दिएको छ । इन्डोनेशियामा दैनिक २५ हजारको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् । कोरोना नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनपछि पनि संक्रमितको संख्या दिनानु दिन बढ्दै गएको त्यहाँको सरकारले जनाएको छ ।इन्डोनेशियामा कोरोनाबाट ६० हजार बढीको मृत्यु भईसकेको छ ।

यसैबीच इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले देश कोरोना महामारीको थप चपेटामा परेको भन्दै संक्रमितको संख्या दैनिक १० हजारमा नझरेसम्म लकडाउन लम्बिने संकेत गरेका छन ।लकडाउन अवधिभर नागरिकलाई बिदेश भ्रमणमा रोक लगाईएको छ ।

अत्यावश्क सामग्रीका पसलबाहेक अन्य बजार क्षेत्र पुर्ण रुपमा बन्द छ । दक्षिण पुर्वी एसियाली मुलुकहरुमा इन्डोनेसिया सबैभन्दा बढी कोरोनाको मारमा परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);