काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंइक र सामाजिक सुरक्षामन्त्री सीता वादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
This website uses cookies.