काठमार्डौ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो २;५९ बजे सुरु हुनेछ ।
प्रतिनिधि सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको नेपाल मल्टिमिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै राष्ट्रिय सभाको आजको बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।




