आज प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै,यी हुन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आज प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै,यी हुन् कार्यसूची

काठमाडौं, २७ चैत्र । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आ.व. २०७८/०७९ पेस गर्नुहुने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औं वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्नुहुनेछ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक,२०७६ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, विधायन व्यवस्थापन
समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने
कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);