आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, २६ असोज । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहान साढे ११ बजे बस्नेछ । बैठकमा प्रकाश पन्थले प्रश्तुत गर्ने अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताबमा छलफल हुनेछ ।

छलफलमा उठेका बिषयको सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ । साथै आज बस्ने बैठकमा नै रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रश्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै आज २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामा प्रश्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने, प्रधानमन्त्री पुष्पकमल दाहालले “राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व. २०७८/७९” पेश गर्नुहुने, “राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७९/८० पेश गर्नुहुने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन आ.व. २०७९/८० पेश गर्नुहुने,प्रधानमन्त्री पुष्पकमल दाहालले “राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आ.व. २०७८/७९ पेश गर्नुहुने, “राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७९/८०” पेश गर्नुहुने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन आ.व.२०७९/८० पेश गर्नुहने कार्यसूचि रहेको छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);