संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन (२०८१ श्रावण–२०८२ आषाढ मसान्तसम्म)“ पेस गर्नुहुने, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१÷०८२ पेस गर्नुहुने, राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२ पेस गर्नुहुने, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि छ । त्यस्तै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) लाई अनुमोदन गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले महान्यायाधिवक्ता कार्यालयको आ.व. २०८१–०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply