काठमाडौँ ।
संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार बिहान सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुनेछ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रश्तुत गरिने, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) पेश गर्नुहुने, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पेस गर्नुहुने कार्यसूचि रहेको छ ।




