भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु

एजेन्सी, १२ असार। भारतको बिहार र उत्तर प्रदेश राज्यमा चट्याङ लागेर १०७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतको आपतकालीन प्रबन्धन विभागले अनुसार चट्याङ लागेर १०७ जनाको ज्यान गएको र कैयौँ घाइते भएको जनाएको छ । बिहारको २३ जिल्लामा चट्याङ परेको छ भने उत्तर प्रदेशको पूर्ण विवरण आएको छैन। बिहारमा सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भने  मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै बिहारमा मुख्यमन्त्री नीतिशकुमारले मृतकका परिवारलाई चार लाख रुपियाँको राहत घोषणा गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);