मेची नाकाको अवरोध खुकुलो बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेची नाकाको अवरोध खुकुलो बन्दै

एजेन्सी,९ असार । भारतको पश्चिम बंगाल सरकारको अवरोधका कारण १ महिनादेखि एकतर्फी सञ्चालनमा रहेको मेची नाकाको अवरोध खुकुलो बन्दै गएको छ ।नेपाली कृषिउपज बोकेका कन्टेनरहरु सोमबारदेखि नाकाबाट पास हुन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सोमबारबाट नेपाली कन्टेनरहरु भारत र बंगलादेश जान थालेका हुन् । आइतबार ९ र सोमबार १३ गरी २१ वटा अम्रिसो बोकेका कन्टेनर मेची नाकाबाट भारततर्फ गएको र मंगलबार चिया तथा अलैंची बोकेको थप १० वटा कन्टेनर भारततर्फ जान सहजकिरण भएको भन्सार कार्यालयले जनाएको छ ।

कोरोनालाई कारण देखाएर पश्चिम बंगाल सरकारले भुटान, बंगलादेश र भारत निर्यात हुने नेपाली वस्तु निकासीमा अवरोध गरेको थियो । भारतीय केन्द्र सरकारको नीति विपरित पश्चिम बंगाल प्रदेश सरकारले नाकामा अवरोध गरेपछि दिल्ली स्थित नेपाली दुताबासले त्यसमा चासो देखाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);