भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नाकाबाट आयात ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नाकाबाट आयात ठप्प

kakadbhitta

काठमाडौं, ३ बैशाख । भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नाकाबाट नेपालमा मालसामान आयात पूर्ण रूपमा ठप्प भएको छ । कोरोना भाइरस संक्रमण त्रासका कारण भारत पश्चिम बंगालको भन्सार विभागको पत्राचारपछि आयात ठप्प भएको हो ।

भुटान र बंगलादेशबाट नेपालमा हुने वस्तुको आयात पनि रोकिएको छ । पश्चिम बंगाल भन्सार विभागले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने जनाएको छ । जसले गर्दा भापाको काँकडभिट्टा नाकाबाट ‘तेल, तरकारी र ग्याससमेत आयात हुन पाएको छैन । विराटनगरको जोगवनी, वीरगञ्जको रक्सौल, भैरहवाको सुनौली, नेपालगंजको रुपैडिया र धनगढीको वनबासा नाकाबाट भने आयात जारी रहेको छ ।

पूर्वी नाकाबाट आयात रोकिँदा हजारौं टन सामान भारतीय भन्सार क्षेत्रमा थन्किएका छन् । जसले गर्दा व्यवसायीको करोडौं मूल्यको वस्तु कन्टेनरमै कुहिन थालेको छ पश्चिम बंगालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आगामी ३० अप्रिलसम्म लकडाउन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);