कैदीबन्दीबाट ज्यालादारीमा जीवन चलाउनेका लागि खाद्यान्न राहत सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कैदीबन्दीबाट ज्यालादारीमा जीवन चलाउनेका लागि खाद्यान्न राहत सहयोग

Kanchanpur

पुष्कर भट्ट

कञ्चनपुर, ३ बैशाख । लम्बिँदै गरेको लकडाउनका कारण दैनिकी ज्यालामा निर्भर वर्गका लागि कंचनपुर कारागारका कैदीबन्दीले राहत सहयोग गरेका छन् । समाजका विपन्नहरुको चुल्हो बल्न गाह्रो भएको बेला कैदीबन्दीहरुले सहयोग गरेका हुन् । कैदीबन्दीहरुले छाक कटाएर खाद्यान्न राहत सहयोग गरेका छन् ।

कञ्चनपुर कारागारमा रहेका ३ सय १६ जना कैदीबन्दीले आफ्नै छाक कटाएर विपन्न वर्गहरुलाई खाद्यान्न सहयोग गरेका छन् । दिनभर ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेकालागि केदीबन्दीले राहात सहयोग गरेका हुन् । लकडाउनका कारण दैनिकी असहज भएकाहरुका लागि ८ क्विन्टल चामल र १ बोरा नुन राहत स्वरुप जिल्ला प्रशासन कार्यालयमार्फत सहयोग गरेका हुन् ।

कैद भुक्तान गरिरहेका कैदीबन्दीले महामारीको संक्रमणको उच्च जोखिमको बेला आफ्नै गास कटाएर भएपनि सहयोग गरेका छन् । कारागारमा ९५ जना कैदी क्षमता छ । तर, झण्डै तेब्बर कैदीबन्दी राखिएको छ । २ नाबालक सहित १८ महिला र २ सय ९८ पुरुष कैदीबन्दी रहेका छन् । कैदीबन्दीले लकडाउनका समयमा छाक टार्न पनि समस्यामा परेकाहरुको सहयोगका लागि देखाएको पहल सकारात्मक भएको स्थानीय प्रशासनले बताएको छ । कैदीबन्दीबाट प्राप्त राहात सहयोग लक्षित वर्गमा पुराउने प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनु भयो ।

बन्दी जीवन बिताइरहेका कैदीले महामारीको उच्च जोखिम बेला संकटमा परेका विपन्नलाई सहयोग गरेका छन् । आफ्नो गास काटेर ज्यालादारीमा जीवन चलाएकाहरुको दैनिक निकै कष्टकर बन्दै गएको छ । यस्तो बेला कैदीबन्दीले देखाएको यो कार्य अन्यका लागि पनि अनुकरणीय हुन सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);