जन्मदिनको अवसरमा माया घरका बालबालिकालाई खाद्यान्न सहयोग | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

जन्मदिनको अवसरमा माया घरका बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौं । जन्मदिनको अवसर पारेर पर्वत घर भै हाल काठमाडौंमा बासेवास गर्ने एक दम्पतीले माया घरमा बसोबास गर्ने बालवालिकालाई खाद्यान्न सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारी आफुहरुले कीर्तिपुरको भत्केपाटीमा सञ्चालनमा रहेको माया घरमा उनिहरुले खाद्यान्न चामल, दाल, चिनी, तेल, चियात्ती, नुहाउन तथा कपडा धुन प्रयोग गर्ने साबुन, खाजा तथा नास्ताका लागि चाउचाउ बिस्कुट लगाएतका खाद्यान्न सामाग्री आफुहरुले सहयोग गरेको प्रीति श्रेष्ठ गुरुङले जानाकारी दिईन् ।

जन्मदिनको अवसमा गरिने फजुल खर्च कटाएर आफुले बालबालिकाहरुलाईसहयोग गरेको उनले बताईन् । पछिल्लो समय नेपालमा विदेशीहरुको सिको गरेर फजुल खर्च गर्दै जन्मदिन मनाउने चलन नै बसेको छ । यसरी मनाईने जन्मदिनले समाजमा राम्रो सन्देश दिदैन , समाज रुपान्तरण गर्न जरुरी छ भन्दै आफुले यस पालिको जन्मदिन माया घरका बालबालिकाहरु संग मनाएको गुरुङले जानाकारी दिईन् । माया घरमा पुगेर श्रीमतीको जन्मदिन मनाउन पाउँदा आफुलाई समेत खुशी मिलेको दरुणदल नेपालका कोषध्यक्ष समेत रहेका प्रीतिका श्रीमान् विद्वान गुरुङले बताए ।

Leave a Reply