दाङ । दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ । आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनाबारे थप विवरण आउँदै छ ।
मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते
ताजा समाचार
बस्ला त राजनीतिक संयन्त्रको बैठक ?
३५ मिनेट अघि
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै
१ घन्टा अघि
ईपीएस कृषि तथा पशुुपालनको भाषा परीक्षा सुरु
२ घन्टा अघि