बस र टिप्पर ठोकिँदा २६ घाइते, ७ जनाको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बस र टिप्पर ठोकिँदा २६ घाइते, ७ जनाको अवस्था गम्भिर

accident

चितवन, १२ कार्तिक । आइतबार बिहान ९ः१५ बजे भारतपुरमा यात्रुवाहक बस र टिप्पर ठोकिँदा २६ जना घाइते भएका छन् ।

नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नंको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोकिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार घाइतेको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुमध्ये सात जना गम्भीर घाइते छन् । घाइतेमा बसका चालक र यात्रु छन् । टिप्पर चालक फरार रहेको र उनको खोजी भइरहेको शर्माले बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);