प्रहरी भ्यानमा ठोकिँदा मोटरसाइकल सवार एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रहरी भ्यानमा ठोकिँदा मोटरसाइकल सवार एक युवकको मृत्यु

dhanusha accident

धनुषा, १५ असोज । जनकपुरमा बुधबार बिहान प्रहरी भ्यानमा ठोकिँदा मोटरसाइकल सवार एक युवकको मृत्यु भएको छ । मृतक युवक धनुषाको धनौजी घर भई हाल जनकपुर ४ डेरा गरी बस्ने अन्दाजी वर्ष १८ का मनीष मण्डल रहेको जनकपुर अञ्चल अस्पतालले जनाएको छ ।

बाइक सवार अर्का युवा जनकपुर ४ का वर्ष १६ का नजीरुल अंसारीको उपचार अञ्चल अस्पतालमा हुँदैछ । अनटेस्ट २२० पल्सर बाइक र धनुषा प्रहरीको ना.१ ग.४७९ नंबरको प्रहरी भ्यान एक आपसमा ठोकिएको थियो । धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार प्रहरीको ठुलो भ्यान सर सफाई गरी फर्कि रहेको बेला अत्याधिक गतिमा आएको बाइक गाड़ीमा ठोकिएर दुर्घटना भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);