मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ । जनकपुर– ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा  कमला नगरपालिका–३ लगमाका २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज १ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडाैंबाट जनकपुर आउँदै गरेको अवस्थामा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);