मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरी चौकी बटेश्वरले बताएको छ ।

आइतबार राति ११ बजेको समयमा घर फर्किने क्रममा आँफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका युवक आलेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले बताएको छ ।

आलेले अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउदा दुर्घटना भएको धनुषा प्रहरीले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);