स्वास्थ्य समस्याहरुको निवारणका लागि योगिनी एकादशी ब्रत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्वास्थ्य समस्याहरुको निवारणका लागि योगिनी एकादशी ब्रत

काठमाडाैं । आज योगिनी एकादशी, असार मासको कृष्णपक्षमा पर्ने योगिनी एकादशीका दिन सनातन हिन्दुधर्माम्वलल्बी व्रत वस्ने गर्दछन् । आजको दिन प्राक काल सवेरै उठेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक पूजा अर्चना गरि श्री हरिलाई धुप दिप गरि मौसम अनुसारको भोग लगाउनु अत्यन्त राम्रो मानिन्छ ।

यस दिन व्रत बस्नेले अघिल्लो दिन अर्थात दशमीको दिनबाटै चोखो खाई भोलीपल्ट ब्रत बस्नु पर्दछ । साथै एकादशीको व्रतकथाको श्रवण गर्नाले मात्र पनि ८८ ब्राह्मणलाई सहस्त्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मयमा लेखिएको छ । त्यस्तै स्वास्थ्य समस्याहरुको निवारणका लागि यस एकादशीको विशेष महत्व रहेको पाइन्छ ।

आँपको मौसममा आउने यस एकादशीलाई आँपे एकादशीका रुपले पनि चिनिन्छ । आजको दिन पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ । व्रत कथामा अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेममाली नामक मालीले फूल ल्याउने गर्दथे । एकदिन हेममालीले राजालाई दैनिक पूजाको फूल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।

राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरुलाई हेममालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेममालीलाई स्त्रीको वियोग र मृत्युलोकमा गएर रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेममाली त्यसैबेला मृत्युलोकमा रोगी भएर आइपुग्छन् ।

शिवको भक्तिले गर्दा हेममालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्युलोकमा आएर हिमालय पर्वत तर्फ सुस्तरी जान्छन् र एकजना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् ।

उनै ऋषिले हेममालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेममाली ऋषिले बताएअनुसार ब्रत बस्दछन् । यसै एकादशी व्रतको प्रभावले उनी पुनः पुरानै जीवनमा फर्कन्छन् । असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु गरि यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान , दानपूण्य र संकल्पपछि समापन गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);