Our Network

मंसिर १३ २०७८, सोमबार

आमलकी एकादशी व्रतले समस्त पापहरु नाश हुने धार्मिक विश्वास

काठमाडौं, १२ चैत । आज आमलकी एकादशी, फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गरिन्छ ।

भगवान् बिष्णुको मुखबाट उत्पत्ति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । जसरी भगवानमा बिष्णु पुजनीय हुनुहुन्छ त्यसैगरी फलहरुमा अमला पवित्र र पुजनीय मानिएको छ ।

बिष्णुले जब सृष्टिको रचनाका लागि ब्रम्हालाई पुकारा गर्नुभयो, त्यही बेला अमलाको रुखको उत्पत्ति भएको मानिन्छ । भगवान् विष्णु स्वयंले पनि अमलालाई आदि बृक्षका रुपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरु नाश हुने धार्मिक विश्वास छ ।

यसैगरि यो एकादशी व्रत गर्नाले एकसय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरुले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुनेछ ।

भगवान् बिष्णुलाई समेत अत्यधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रीय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिएको छ ।

Leave a Reply