वरुथिनी एकादशी व्रत, व्रतको प्रभावले सुख, शान्ति र सौभाग्य प्राप्त भइ समस्त पापको नाश हुने धर्मिक मान्यता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

वरुथिनी एकादशी व्रत, व्रतको प्रभावले सुख, शान्ति र सौभाग्य प्राप्त भइ समस्त पापको नाश हुने धर्मिक मान्यता

काठमाडाैं । वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । वरुथिनी एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरको जिज्ञाषा सुनेपछि बताउनु भएको हो । कुरुक्षेत्रमा सुर्यग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

त्यस्तै वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वत्र सुख शान्ति हुनुको साथै समस्त पापको नाश भइ सौभाग्यको प्राप्त हुने मान्यता रहेको छ । विधवा स्त्रीले पनि वरूथिनी एकादशीको व्रत बस्नाले सुख शान्ति पाएर भाग्यमानी हुन्छीन् भन्ने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

यो एकादशी व्रतले सारा लोकलाई भुक्ति र मुक्ति दिने र मनुष्यहरुको सारा पापलाई नाश गरि गर्भवासको दुःखलाई छुटाईदिन्छ । जो मनुष्य दश हजार वर्षसम्म तपस्या गर्दछ त्यो तपस्याको फल–बराबर फल केवल वरूथिनीको व्रतबाट नै प्राप्त हुन्छ । श्रद्धा–भक्तिपूर्वक जो मनुष्यले वरूथिनी व्रत गर्दछ त्यो यस लोकमा र परलोकमा पनि आफूले चाहेको फल पाउँछ ।

यस एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । दशमीकै दिन काँसको थालमा एकपटक मात्र भोजन गर्नुपर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई ब्रत बस्नु पर्दछ ।

एउटा विदेशी स्वास्थ केन्द्रको अध्ययन अनुसार समय समयमा व्रत बस्नाले स्वास्थ राम्रो हुने र अध्यात्मिक शुद्धि हुने पुष्टि भएको छ । सनातन धर्म र रितीहरु यस हिसाबले कति वैज्ञानिक छन् भन्ने पनि पुष्टि गर्दछ । एकादशी व्रतमा खानाको मात्र नियन्त्रण हैन, नकारात्मक सोच र तनावको पनि नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी छ ।

यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्यु पश्चात वैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);