निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस आज मनाइँदै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस आज मनाइँदै (भिडियोसहित)

काठमाडौं । निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस आज, हरेक वर्षको जून ४ गते संयूक्त राष्ट्र सँघको आह्वानमा संसारभरी निर्दोष बालबालिकामाथिको अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रमहरु गर्दै मनाईन्छ ।

यस अवसरमा बालबालिकाले भोगेका शारिरीक, मानसिक, भावनात्मक र संवेगात्मक पीडाहरुको चर्चा गर्दै अबका दिनमा त्यस्तो हुन नदिन छलफल गर्ने गरिन्छ । बालबालिकाहरु जस्तो वातावरणमा हुक्र्यो त्यस्तै सिक्ने हो । परिवार अनि समाजबाट बालबालिकाले जानी नजानी हरेक कुराहरु सिकीरहेका हुन्छन् ।

त्यस्तै निर्दोष बालिबालिकालाई प्रयोग गरेर समाजमा विभिन्न किसिमका अत्याचार गरिएको देखिन्छ । त्यही अत्याचारनै निर्दोष बालबालिकामाथि अत्याचार भनिने बताउँछिन् दिव्य अंकुर बाल विकास प्रवद्र्धन तथा अनुसन्धान केन्द्रका निर्देशक उमा घिमिरे ।

बालबालिका पक्षमा हुने अत्याचारलाई निर्मूल गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनु जरुरी रहेको र बालबालिका सम्बन्धमा बनाइएका नीति नियमहरु लागू गर्न जरुरी रहेको बताइएको छ । त्यस्तै अभिभावक शिक्षालाई पनि बृहत रुपमा अघि बढाउनु पर्ने घिमिरेको सुझाव रहेको छ ।

बालबालिकालाई बालमैत्री वातावरणको आवश्यकता छ । बालबालिकामाथि हुने अत्याचार निर्मुलका लागि बालबालिकाको सर्वाङ्ग विकासमा ध्यान दिनुका साथै बालमैत्री पाठ्यक्रममा बालबालिकामैत्री विषयलाई समेट्नु पर्ने अक्षरा स्कुलकी प्रधानाध्यापक तथा संस्थापक अञ्जु भट्टराईले बताईन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);