हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाईदै | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाईदै

२०८२,२,२९

आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले ‘प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बाँकी छः प्रयासहरूलाई तीव्र बनाऔं १’ नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाउदैछन् ।

बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरी ऐक्यवद्धता जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।

Leave a Reply

ताजा समाचार