विविध कार्यक्रम आयोजना गरी आज विश्व वातावरण दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

विविध कार्यक्रम आयोजना गरी आज विश्व वातावरण दिवस मनाइँदै

वातावरण संरक्षण र प्रवद्र्धनका लागि विश्वव्यापी सचेतना जगाउने उद्देश्यका साथ आज जुन ५ तारिखमा ‘विश्व वातावरण दिवस’ मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो । यस अवसरमा वन तथा वातावरण मन्त्रालय लगायत सरकारी निकाय, विभिन्न गैरसरकारी संघ–संस्था र नागरिक समाजले वृक्षारोपण, सरसफाई अभियान तथा वातावरणीय संरक्षणसम्बन्धी सचेतनामूलक गोष्ठीहरू सञ्चालन गरिरहेका छन् । बढ्दो शहरीकरण, वनविनाश र जलवायु परिवर्तनका कारण सिर्जित वातावरणीय चुनौतीहरूलाई न्यूनीकरण गर्न यो दिवसले थप प्रेरणा दिने विश्वास गरिएको छ । पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि सामूहिक प्रतिवद्धता आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् ।

Leave a Reply