वातावरण दिवस : भक्तपुरमा पोखरीको सरसफाइ | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

वातावरण दिवस : भक्तपुरमा पोखरीको सरसफाइ

भक्तपुर। विश्व वातावरण दिवसको अवसरमा आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा  भक्तपुर-१ दुधपाटीस्थित भाज्या पुखुमा सरसफाइ गरिएकाे छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउँदै यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलयन कायम गर्नु साझा कर्तव्य भएको बताए।

काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखः चाड वैज्ञानिक पर्वको रुपमा रहेको बताउँदै उनले नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

Leave a Reply