तनहुँमा स्कुटर र टिपर ठोक्किँदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

तनहुँमा स्कुटर र टिपर ठोक्किँदा एक जनाको मृत्यु 

तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा हिजो साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्कुटर चालक तनँहुको बन्दिपुर गाउँपालिका–१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन्।  टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा साँझ सवा ६ बजे मृत्यु भएको हो।

दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको क्षेत्री सवार ग १५ प १४८४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर हिजो साँझ ६ बजे आपसमा ठोक्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply