काभ्रेपलाञ्चोकमा कार र टिपर ठोक्किँदा तीन जना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काभ्रेपलाञ्चोकमा कार र टिपर ठोक्किँदा तीन जना गम्भीर घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुल्लु गाँउपालिका १० दोलालघाटमा हिजो बेलुकी कार र टिपर ठोक्किँदा कारमा सवार तीन जना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।  चरिकोटबाट काठमाडौं आउदै गरेको ग २ च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जादै गरेको बा ४ ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);