टिपरको लापरबाही : महिना दिनमै ६ को ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

टिपरको लापरबाही : महिना दिनमै ६ को ज्यान गयो

tipper atanka

काठमाडौं, ९ असार । ‘पछिल्लो एक महिनामा मात्र टिपरचालकको लापरबाहीबाट उपत्यकामा ६ जनाको ज्यान गएको छ,’ महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली भन्छन्, ‘घाइते हुनेको संख्या झनै धेरै छ।’

उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ। जेठ २८ गते ललितपुर भैंसेपाटीबाट खोकनातर्फ गइरहेको बा२ख ९३०१ नम्बरको टिपरले ठक्कर दिएर खिलबहादुर बुढाथोकी घाइते भए।

जेठ २४ गते भैंसेपाटीमा बा४ख १५०४ नम्बरको टिपरको ठक्करबाट ज्ञानीकुमार भुसाल र १७ गते काठमाडौं कंलकीबाट थानकोटतर्फ जाँदै गरेको बा४ख ३३९६ नम्बरको टिपरको ठक्करबाट बा८४प ८०४९ नम्बरको स्कुटरचालक यमबहादुर ढुंगाना गम्भीर घाइते भए।

महाशाखा तथ्यांकअनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन्। यीसमेत अन्य दुर्घटनामा परी उपत्यकामा ११ महिनामा एक सय ८४ जना गम्भीर र तीन हजार तीन सय ८५ जना सामान्य घाइते भएको महाशाखाका प्रवक्ता मैनाली बताउँछन्।

यसरी बारम्बार भइरहने दुर्घटनामा चालकको लापरबाही मुख्य कारण देखिएको दाबी उनको छ। ‘अधिकांश टिपर दुर्घटनाको कारण चालकले बेप्रवाह तरिकाले हाँक्नु नै हो,’ उनले भने, ‘धेरै ट्रिप गरेर बढी कमाउन तीव्र गतिमा चलाउँछन् ।

यसै कारण टिपरले साना सवारीलाई ठक्कर दिने घटना भइरहेका छन्।’ टिपर अन्य गाडीको तुलनामा बलियो हुने भएकाले चालकले सामान्य ठोक्किँदा आफूलाई असर पर्दैन भन्ने सोचले बेतोडले कुदाउने गरेको ट्राफिक प्रहरी बताउँछन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);