टिपरको ठक्करबाट एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

टिपरको ठक्करबाट एकको मृत्यु

accident

दाङ, २ पुस । दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पूर्व – पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्तीगाउँपालिका ५ पहरुवा चोकमा पश्चिमतर्फ आउँदै गरेको लु २ ख ९८३ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको रा ५ प ७१५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते डाँगीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको मृतकका मामा देवबहादुर बस्नेतले बताए ।

त्यसैगरी दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार सोही ठाउँ निवासी १९ वर्षीय सुमन अधिकारी घाइते छन् । बुधबार बिहान साढे ५ बजेतिर उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

ठक्कर दिएलगत्तै फरार भएको टिपरलाई दाङकै लमहीनगरपालिका ५ फल्कापुरको एक इँट्टाभट्टाभित्र दिउँसो मात्रै फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);