टिपरको ठक्करबाट इटहरीमा आमाछोरीको मृत्यु, ब्याक गरेर मारेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

टिपरको ठक्करबाट इटहरीमा आमाछोरीको मृत्यु, ब्याक गरेर मारेको आरोप

काठमाडौं, २० असार । ईटहरीमा मंगलबार दिउँसो ३ बजे भएको दुर्घटनामा आमाछोरीले ज्यान गुमाएका छन् । इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार इटहरी ८ की आमा सरिता चौधरी र उनकी छोरी अंशु चौधरीको मृत्यु भएको हो ।

इटहरी यतिबेला शोकमा डुबेको छ । टिपर चालकले ब्याक गरेर २ जनालाई मारेको स्थानीयहरुले आरोप लगाएका छन् । टिपरको ठक्करबाट सरिताको घटनास्थलमै मृत्यु भएको थियो भने छोरी अंशुको उपचारको क्रममा मृत्यु भएको हो ।

कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

ईटहरीस्थित कोसी सेन्ट जेम्स कलेजमा बिबिएस प्रथम बर्षमा अध्यायनरत अंशु सहित उनकी आमाको निधन भएपछि आज बुधबार स्कुल र कलेजले शोक विदा दिएको छ ।

टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले टिपर तोडफोड र नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । मंगलबार ३ बजेदेखि सवारीसाधन आवागमन रोकिएका थिए भने साढे ६ बजे मात्रै यातायात सुचारु भएका थिए । Photo : Social media

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);