३ राजमार्ग अवरूद्ध, १३ सडक एकतर्फी सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

३ राजमार्ग अवरूद्ध, १३ सडक एकतर्फी सञ्चालन

काठमाडौं, २० असार । नेपालमा यतिबेला मनसुनको प्रभाव परेको छ । देशका विभिन्न स्थानमा बाढी–पहिरोले यातायात सञ्चालनमा समस्या पारेको छ । बुधबार बिहान ७ : ३० बजेसम्म ३ वटा राजमार्ग अवरूद्ध छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्गअन्तर्गत हेवा खोलामा पुल बगाएकाले मेची राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

त्यस्तैगरि, चतरा–मुलघाट–माझीटार–अमपारपुरडाँडा–गणेशचोक पुग्ने तमोर करिडोरअन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालन हुन सकेको छैन ।

यस्तै, रानी–विराटनगर, इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का पुग्ने कोशी राजमार्गको हाइटारमा अवरूद्ध भएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले सञ्चालनमा आएको छ । पहिराको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सावधानीका साथ सुरक्षित यात्रा गर्न सडक बिभागले आग्रह गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);