महादेवको प्रिय बेलपत्रका फाइदै फाइदा | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

महादेवको प्रिय बेलपत्रका फाइदै फाइदा

काठमाडौं, २० असार । बेल पत्र हिन्दू धर्ममा धेरै पवित्र मानिन्छ । यो भगवान शिवलाई अर्पण गरिन्छ । महादेवलाई चढाउँदा भक्तजनको मनोकामना पूरा हुने जनविश्वास छ । तर के तपाईलाई थाहा छ, बेलपत्रलाई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसले धेरै रोग निको पार्न मद्दत गर्छ । दैनिक खाली पेटमा बेलपत्र खाएमा धेरै गम्भीर रोगबाट बच्न सकिन्छ । त्यसोभए जानौं, बेलपत्रका धेरै फाइदाहरू।

मुटुको स्वास्थ्यका लागि फाइदाजनक
बेलपत्र मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यदि तपाईंले हरेक बिहान खाली पेटमा बेलपत्रा खानुभयो भने, यसले मुटुको स्वास्थ्यमा सुधार गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्ट गुणले मुटुसँग सम्बन्धित रोगलाई कम गर्छ । यसका साथै यसले उच्च

रक्तचापको जोखिम पनि कम गर्छ ।
रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी हुन्छ
मधुमेहका बिरामीका लागि पनि बेलपत्र वरदानभन्दा कम छैन । रगतमा चिनी नियन्त्रण गर्नका लागि हरेक बिहान खाली पेटमा बेल पत्र खान सक्नुहुन्छ । यसमा पाइने फाइबर र अन्य पोषक तत्व मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।

पेटको समस्याबाट राहत दिन्छ
बेलपत्रमा फाइबरको मात्रा धेरै हुन्छ । जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यदि तपाईलाई पेटसँग सम्बन्धित कुनै समस्या छ भने तपाईले यसलाई नियमित रूपमा खाली पेटमा खान सक्नुहुन्छ । जसले गर्दा ग्यास, एसिडिटी, अपच र कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

पायल्सका बिरामीका लागि फाइदाजनक
पायल्सको समस्या भएकाले खाली पेटमा बेलपत्र खानु फाइदाजनक हुन्छ । वास्तवमा, बेल पत्रले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसले पेटसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
यदि तपाईंको प्रतिरक्षा प्रणाली बलियो रह्यो भने, तपाईं धेरै रोगहरूबाट बच्न सक्नुहुन्छ। कमजोर प्रतिरोधात्मक क्षमताका कारण तपाई बारम्बार बिरामी पर्नु हुन्छ । बेलपत्रले तपाईंलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्न सक्छ। जसले गर्दा रुघाखोकी र अन्य रोगबाट बच्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);