कपिलवस्तुमा बस र टिपर ठोक्किँदा २१ जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कपिलवस्तुमा बस र टिपर ठोक्किँदा २१ जना घाइते 

कपिलवस्तु । कपिलबस्तुको बुद्धभुमी नगरपालिका–१० मा आज भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् ।

तौलिहवाबाट काठमाण्डौतर्फ आउँदै गरेको बा २ ख ६६६० नम्बरको हाइस र बिपरित दिशाबाट जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिपर आज दिउँसो पौने १ बजे ठोक्किएका थिए । दुर्घटनामा हाइसमा सवार २१ जना घाइते भएका हुन् । घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

दुबै सवारी साधन सहित टिपर चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);