महानगरका सरकारी विद्यालयमा आठ कक्षासम्मका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

महानगरका सरकारी विद्यालयमा आठ कक्षासम्मका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत  उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताब भएको  हो । काठमाडाैं महानगरपालिकाको आज बसेको कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खार्च उपलब्ध गराउने प्रस्ताव गरेको हो । यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।  यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।

Leave a Reply

ताजा समाचार