दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०७९, आइतबार

दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते

दाङ। दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाण्डौबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किएको हो। दुर्घटनामा घाइते भएका मध्ये तुल्सीपुर उपमहानगरपालिका–११ की मिरा चौधरी र बबई गाउँपालिका–५ का २३ वर्षीय तारा बहादुर बिश्वकर्मा गम्भिर घाइते भएका हुन।

घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

Leave a Reply