विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा पाेखरी सफाइ | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८०, मंगलबार

विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा पाेखरी सफाइ

भक्तपुर। विश्व वातावरण दिवसको अवसरमा भक्तपुरस्थित ख्वप कलेजको वातावरण विज्ञान अध्ययनरत विद्यार्थीले र्‍याली निकालेका छन् ।पृथ्वी संरक्षण गर्नुपर्ने समय यही हो, भावी पुस्ताका लागि पृथ्वी बचाऔ, प्रदूषण घटाऔ, फोहोरमैलाको व्यवस्थापन र रुखको संरक्षण गरौ जस्ता नारा लाउँदै आइतबार र्‍याली निकालेका हुन् ।

कलेजबाट सुरु भएको र्‍याली देकोचा, याछें टोल, सुकुलढोका, पाँचतले मन्दिर, वंशगोपाल चोक भएर भक्तपुर नगर परिक्रमा गरी दूधपाटीमा रहेको भञ्ज्याङ पोखरीमा पुगेको थियो । सहभागीहरूले पोखरी सरसरफाइ गरेका थिए।

पाेखरीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहित अर्काे टोली पनि सरसफाइमा जुटेकाे थियाे । कार्यक्रममा भक्तपुर नगरपालिका-५ का वडाध्यक्ष  योगेन्द्रमान बिझुक्छे र वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वलगायतका व्यक्तिहरू सहभागी भएका थिए ।

भाज्य पोखरी नजिकै रहेर पुनः निर्माण भइसकेको रानीपोखरी र सिद्धपोखरी जस्तै पुनःनिर्माणको पर्खाइमा रहेको उनले बताए ।

Leave a Reply