सर्लाहीमा पानीमा डुबेर एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सर्लाहीमा पानीमा डुबेर एक बालकको मृत्यु

सर्लाही । सर्लाहीमा खाल्टोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका वडा न.७ स्थित एक ईट्टाभट्टामा खनेको खाल्टोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

बुधबार दिउँसो लालबाबु रायको ईट्टाभट्टामा खनेको खाल्डोमा जमेको पानीमा डुबेर कविलासी नपा वडा न ५ रनिया निवासी मनोजकुमार मण्डलको १० बर्षीय छोरा रजनिशकुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बाख्रा चराउन गएको अवस्थामा ईट्टाभट्टाले खनेको खाल्टोमा जमेको पानीमा नुहाउने क्रममा बालकको मृत्यु भएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);