राष्ट्रपति भण्डारीद्धारा महामारीमा अग्रपंक्तिमा खटेका नर्सको प्रशंसा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्धारा महामारीमा अग्रपंक्तिमा खटेका नर्सको प्रशंसा

Bidhya-Bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाईमा अग्र भागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटेका नर्सहरुको प्रशंसा गरेकी छन् ।

अन्तर्राष्ट्रिय नर्स दिवस तथा २ सय १ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले महामारीको समयमा अग्रपंक्तिमा खटेका नर्सहरुको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले आज ट्विीट गर्दै कोभिड–९ विरुद्धको लडाईमा अग्रपंक्तिमा खटेका सम्पूर्ण नर्सहरुको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गरेकी हुन् ।

उनले ट्विट गरेकी छिन्–‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाईमा अग्र भागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरुको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २ सय १ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपाललगायत विश्वभर हरेक मे १२ लाई अन्तर्राष्ट्रिय नर्स दिवस तथा फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका रुपमा मनाउँदै आइएको छ । योे वर्ष ‘नर्सःनेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ नर्स दिवस मनाइँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);