बिरामीलाई न्युनतम अक्सिजन र बेड दिन नसक्नुले लज्जित छौं : नेता भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बिरामीलाई न्युनतम अक्सिजन र बेड दिन नसक्नुले लज्जित छौं : नेता भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोभिडविरुद्धको लडाई सबै राजनीतिक दलहरु राष्ट्रिय सहमतिका साथ ठोस योजना बनाई काम गर्नु पर्ने बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको ध्यानाकर्षण गराई २०७२ को महाभूकम्पको समयमा जस्तै सबै राजनीतिक बिमतीहरलाई थाती फेरि एक पटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा काम गर्न सुझाएका छन् । राष्ट्रकोमिसन कोभिड–१९ बनाउनुपर्ने उनले उल्लेख गरेका छन् ।

विगतदेखि कै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर पर्याप्त काम नगरेको कारण आज यो विस्फोट भएका भन्दै बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले लज्जित भएको बताएका छन् ।

त्यसैगरी भट्टराईले कोभिडविरुद्धको लडाईमा खटेका जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुविधा हाललाई स्थगित गरी, अन्य शीर्षकका बजेट पनि कोभिडमा केन्द्रीत गर्दे आर्थिक अभाव हुन नदिन सुझाएका छन् ।

भट्टराईले लेखेका छन् –‘आर्थिक अभाव हुन नदिने । अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रीत गर्ने । कोभिडविरुद्धको लडाईमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुविधा हाललाई स्थगित राख्ने ।’

यसका साथै उनले सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाईमा केन्द्रीत गर्ने र छिटो प्रक्रियाबाट थप जनशक्ति भर्ना गर्न पनि सुझाएका छन् ।

नेता भट्टराईले छिमेकी राष्ट्र चीनमा हाल तुलनात्मक रुपमा कोभिडको असर कम भएकाले चीनबाट जनशक्तिका साथै स्वास्थ्य सामग्री चीन सरकारलाई अनुरोध गर्नु पर्ने पनि उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);