देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका  कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । 

उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि गर्ने उनको भनाई छ । 

नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने उनको भनाई छ । फरक प्रसंगमा बोल्दै उनले देउवाले डडेलधुरामा पुलिस लगाएर वडा अधिवेशन गर्नु दुखद भएको बताए । उनले कांग्रेसको ५७ वर्षको इतिहासमा पुलिस प्रयोग गरेर कहिले र कहीँ वडाधिवेशन नगरिएको बताए ।

संस्थापन इतर समूहबाट सहमतिमा एक जना मात्रै सभापतिको उम्मेदवार हुने उनले दाबी छ । उनले आफ्नो उम्मेदवारीको विषमा भने बोल्न चाहेनन् ।

एमसीसी राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने उनको धारणा थियो । सरकार र शीर्ष नेताहरू एकै ठाउँमा बसेर राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी पास गरिनु पर्ने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);