नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन : विश्वप्रकाश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन : विश्वप्रकाश

झापा, २५ माघ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिए पनि हुने दावी गरेका छन् । सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिरहेको उनको भनाई छ ।

नयाँ सरकार गठनका लागि नै सरकारले प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोकेको, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराएको उनले बताए ।

बिहीबार गृह जिल्ला झापाको बिर्तामोडमा स्थानीय संचारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् । संवैधानिक प्रक्रियाका कारणले मात्रै नयाँ सरकार गठन गर्न ढिलाई भएको उनले स्पष्ट पारे । प्रवक्ता शर्माले निर्वाचनमा भएको हारबाट पाठ सिकेर पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउने दृढता व्यक्त गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);