सुवासचन्द्र नेम्बाङले नयाँ सरकार गठनका लागि देउवाले राजीनामा दिन नपर्ने टिप्पणी गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सुवासचन्द्र नेम्बाङले नयाँ सरकार गठनका लागि देउवाले राजीनामा दिन नपर्ने टिप्पणी गरे

subash

काठमाडौं, २५ माघ । नेकपा एमालेका नेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिईरहन नपर्ने टिप्पणी गरेका छन ।

बिहिवार राजधानीमा आयोजित कार्यक्रममा नेता नेम्बाङले संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिइरहन नपर्ने बताए । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने चर्चा भईरहेको बेला नेता नेम्बाङले जनादेश आएलगत्तै तत्काल राजीनामा नदिएर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, मान्यताको खिल्ली उडाएको आरोप लगाए । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत परिणाम सार्वजनिक भएलगत्तै नयाँ सरकार गठन हुने उनको भनाइ छ ।

उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्ने कुनै पनि मुलुकले जनादेशलाई मान्ने गरेपनि प्रधानमन्त्री देउवाले त्यस अनुसारको आचरण देखाउन नसकेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);